रुकुम पूर्वमा चार दिनदेखि बिजुली अवरुद्ध : पहिरोले पोल बगाएपछि समस्या

 साउन १२, २०८१ शनिबार १२:२:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा खसेको पहिरोले बिजुलीको पोल ढाल्दा रुकुम पूर्वका नागरिक चार दिनदेखि अँध्यारोमा बस्न बाध्य छन् ।

नेपाल विद्युत् प्राधिकरणका दुई हजार पाँच सय ग्राहक विद्युत् सेवाबाट वञ्चित भएका छन् । रानीकोट पहिरोका कारण रुकुम पश्चिमको धैरेनीचौर सबस्टेसनबाट रुकुम पूर्वमा ल्याइएको ११ केभीए केन्द्रीय प्रसारण लाइनमा पर्ने चारवटा पोल ढलेका छन् ।

रानीकोट खोपिचारमा गएको साउन ९ गतेको पहिरोले सडक बन्द भएको, निरन्तरजसो पानी पर्ने गरेको र अप्ठारो भिर भएकाले विद्युत् सेवा सञ्चालन गर्न समस्या भएको विद्युत् प्राधिकरण रुकुमकोट वितरण केन्द्रका प्रमुख प्रमोद खनालले बताउनुभयो । प्राधिकरणको लाइन जोडेका सिस्ने गाउँपालिका, भूमे गाउँपालिका र पुथा उत्तरगङ्गा गाउँपालिकाका उपभोक्ता समस्यामा परेका छन् ।

बिजुली र सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । उपकरण अभावले समस्या भएको तर सकेसम्म आज बेलुकासम्म बिजुली नियमित गर्नेगरी काम भइरहेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले उज्यालोलाई जानकारी दिनुभयो ।

बन्द सडक खुलाउन भने अझै केही दिन लाग्ने उहाँको भनाइ छ । पहिरो झरेको ठाउँ रुकुमकोटदेखि ६ किलोमिटर पश्चिममा पर्छ ।   
 

अन्तिम अपडेट: भदौ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया