कीर्तिपुर मैदनमा नयाँ डिजिटल स्कोर बोर्ड, दर्शकका लागि ‘फ्यान ...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – पेरिस ओलम्पिकको पौडी प्रतियोगितामा नेपाली डुवाना लामा 'हिट चरण' बाटै बाहिरिएकी छिन् ।
आज भएको महिला दुई सय मिटर फ्रीस्टाइलको ‘हिट वान’ मा प्रतिस्पर्धा गरेकी डुवाना हिट चरणबाटै बाहिरिएकी हुन् । यस प्रतिस्पर्धामा सात जना खेलाडी रहेकामा उनी पुछारको सातौँ स्थानमा रहिन् ।
डुवानाले आफ्नै नाममा रहेको कीर्तिमान पनि सुधार गर्न सकिनन् । उनले दुई सय मिटर फ्रीस्टाइल २ मिनेट २० सेकेन्ड ७४ मिलिसेकेन्डमा पूरा गरिन् । उनले यसअघिको २ मिनेट १२ सेकेन्ड ४६ मिलिसेकेन्डको प्रदर्शनमा सुधार गर्न सकिनन् ।
यस्तै आजै भएको पेरिस ओलम्पिकको ‘शुटिङ’ मा सुस्मिता नेपाल पहिलो चरणबाटै बाहिरिएकी थिइन् । महिला १० मिटर एअर राइफलमा ६ सय ७ दशमलव ८ पोइन्ट्स प्राप्त गर्दै ४२ औँ स्थानमा रहेर बाहिरिइन् ।
पेरिस ओलम्पिक अन्तर्गत हिजो भएका खेलमा नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र टेबल टेनिसका स्यान्टु श्रेष्ठ पराजित भएका थिए । प्रिन्सले अझै दुई खेल खेल्न बाँकी छ भने स्यान्टु बाहिरिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।