एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डौ – आज विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पाटे बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने गरिन्छ ।
पाटे बाघ नेपालसहित विश्वका १३ देशमा पाइन्छन् । ती देशका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्या सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । त्यतिबेला नेपालले सन् २००९ को गणनाअनुसार बाघको सङ्ख्या एक सय २१ लाई बढाएर दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो ।
दुई वर्षअघि सन् २०२२ मा गरिएको गणनाअनुसार नेपालमा अहिले बाघको सङ्ख्या तीन सय ५५ पुगेको छ । पछिल्लो तथ्याङ्कअनुसार चितवनमा १२८, बर्दियामा १२५, बाँकेमा २५, शुक्लाफाँटामा ३६ र पर्सामा ४१ वटा पाटेबाघ छन् । बाघको सङ्ख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायतका विषय चुनौती बनेका छन् ।
निकुञ्जहरूमा बाघको सङ्ख्या बढेपछि मानव–बाघ द्वन्द्व बढेको छ । आहाराको खोजीमा बाघहरू जङ्गल बाहिर निस्कँदा मानवीय क्षति बढेको छ । बाघको संरक्षणसँगै बासस्थान सुधार र व्यवस्थापनमा ध्यान दिन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।