काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँ डुबानमा

 साउन १६, २०८१ बुधबार ८:४०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – रातभर भएको वर्षाका कारण काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँ डुबानमा परेका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका नदी छेउछाउका बस्तीहरु डुबानमा परेका हुन् ।

बाग्मती नदी किनारका शङ्खमुल पार्क, सुकुम्बासी बस्ती, श्रमिक कान्ति कजेल, ननस्टप बसपार्कमा बाग्मतीको बाढी पसेको छ । बल्खु तरकारी बजार क्षेत्रमा पनि बाढी पसेर क्षति पुर्‍याएको छ । ललितपुरको च्यासलमा रहेको  एन्फाको फुटबल मैदानमा र नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ ।

यस्तै बल्खुदेखि शङ्खमुलसम्मको बाग्मती किनारको सडक क्षेत्र र सानेपाको राम मन्दिर क्षेत्रमा पनि बाढी पसेको छ । इमाडोलको किस्ट अस्पताल आसपास, पवन प्रकृति स्कुल आसपासको क्षेत्र र महालक्ष्मी नगरपालिका ७ चाँगाथलीमा गोदाबरी खोलाको बाढी बस्तीमा पसेको छ ।

भक्तपुरमा हनुमन्ते नदीमा बढेको पानीको बहावका कारण धेरै तटीय बस्ती डुबानमा परेका छन् । भक्तपुरको हनुमानघाट, जगाती, च्यामासिंह र सूर्यविनायकको राममन्दिर र बाराहीस्थान र सल्लाघारी आसपासका बस्तीमा बाढी पसेको छ ।

यसैगरी मध्यपुर थिमीको राधेराधे, चारदोबाटो सागबारी, गठ्ठाघरको तल्लो बेल्ट,बालकोट लगायतका ठाउँमा समेत बस्ती डुबानमा परेका छन् । यसअघि डुबानमा नपरेका बस्तीमा समेत ढलबाट खोलाको पानी पस्दा डुबानको समस्या देखिएको छ । सिद्धिस्मृति अस्पतालमा पानी पसेपछि सेवा नै ठप्प भएको छ ।

भक्तपुरको पुरानो जगाती पुल नजिकको एक कपास उद्योग र चाँगुनारायण नगरपालिका–८ को एक फर्निचर उद्योगमा बाढीले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया