कीर्तिपुरको सुन्दरीघाटमा बाढीमा फसेका १५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

 साउन १६, २०८१ बुधबार ९:४७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सशस्त्र प्रहरी बल

काठमाण्डौ – बाग्मती नदीमा बाढीको कारण काठमाण्डौ कीर्तिपुरको सुन्दरीघाटमा रहेको राधा स्वामी क्षेत्रमा फसेका १५ जनाको  सशस्त्र प्रहरीले उद्धार गरेको छ । निलबाराही गणबाट  खटिएको सुरक्षा फौजले बाढीमा फसेका १५ जनाको उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

उनीहरुलाई ट्युब तथा डोरीको सहायताले उद्धार गरी सुरक्षित ठाउँमा लगिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । बाग्मतीसहित बिभिन्न नदी खोलामा आएको बाढीका कारण काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँ डुबानमा परेका छन् । 

 

 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया