काठमाण्डौ उपत्यकाका करिडाेर क्षेत्रसहित देशभरका २० वटा सडक अवरुद्ध

 साउन १६, २०८१ बुधबार १२:८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – गएरातिको अविरल वर्षासँगैको पहिरोले विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । बाढीका कारण काठमाण्डौका खोला तथा नदी किनारका सडक ठाउँ–ठाउँमा अवरुद्ध भएका छन् ।

सडक नै बाढीले ढाक्दा यातायात आवागमन प्रभावित भएको छ । कतिपय ठाउँका करिडोर क्षेत्र हिलाम्य भएका छन् । यात्राका लागि गाडी चालक र यात्रुहरुले करिडोरकै बाटो प्रयोग गर्दा समस्यामा परेका छन् ।

यसैबीच, वर्षाका कारण पहिरो खस्दा बाग्लुङको कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । करिडोरको बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो ।

यस्तै लगातारको वर्षाका कारण पहिरो खस्दा बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । बडीमालिका नगरपालिका–६ नुनेपानीमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । यसैगरी पहिरोले लमजुङको बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।

गएरातिदेखिको निरन्तरको वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढी , पहिरोका कारण देशका २० वटा सडक अवरुद्द रहेका छन् भने १ सय ७५ वटा एकतर्फि सञ्चालनमा रहेका सडक विभागले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया