रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – आज बिहान ललितपुरको बल्खु खोलामा आएको बाढीमा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको छ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीकाअनुसार काठमाण्डौको सुकुम्बासी टोलमा बस्दै आएका महतोको बुल्खु पुलमुनि अड्किएको अवस्थामा शव फेला परेको हो ।
काठमाण्डौ उपत्यकामा गएराति मुसलधारे वर्षा भएपछि बाग्मती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबिखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खु खोलालगायत सबैमा जलसतहले खतराको तह पार गरेको थियो । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीकाअनुसार काठमाण्डौबाट १२ जनाको उद्धार गरिएको छ ।
काठमाण्डौको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो ।
यसैबीच ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीकाअनुसार गएरातिको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–९ मा रहेको नेकपा (एमाले) को कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ ।
डुबानमा परेका क्षेत्रमा उद्धारका लागि आज बिहान १ बजेदेखि प्रहरी परिचालन गरेर अहिलेसम्म ३ जना बालक, ८ जना महिला र १३ जना पुरुष गरी विभिन्न ठाउँबाट २४ जनाको उद्धार भएको छ प्रहरीले जनाएको छ ।
यस्तै ललितपुर महानगरपालिका–२ सानेपा, वडा नम्बर–९ शङ्खमुल, वडा नम्बर–१ कुपण्डोल, महालक्ष्मी नगरपालिका नम्बर–७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ । महालक्ष्मी नगरपालिका–९ लाकुरीभञ्ज्याङको सिस्नेखर्कमा पहिरो खस्दा काभ्रेपलाञ्चोकतर्फ जाने सडक अवरुद्ध भएको छ ।
बाढीका कारण गोदावरी नगरपालिका–१ दमाइटार सातथलीमा खड्कनन्द दाहालले सञ्चालन गरेको फार्मका चार सय वटा कुखुरा मरेका छन् । पहिरोले बाग्मती गाउँपालिका–३ पाङ्दुरडोल र टार्कुचेमा पहिरो खस्दा कान्ति लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको भट्टेडाँडा प्रहरी चौकीका प्रमुख उद्धव महतले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।