पेरिस ओलम्पिकमा प्रिन्स दाहालले आज समूह चरणकाे अन्तिम खेल खेल्दै

 साउन १६, २०८१ बुधबार १३:४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले फ्रान्समा भइरहेको पेरिस ओलम्पिकमा आज समूह चरणको अन्तिम खेल खेल्दैछन् । समूह ‘पी’ मा रहेका प्रिन्सले इजरायलका मिसा जिलबरमनसँग आज खेल्ने भएका हुन् । यसअघि समूहको दुवै खेलमा पराजित भएका प्रिन्सका लागि आजको खेलको प्रतिष्ठाको खेलसमेत हुनेछ ।

प्रिन्स विश्व वरीयताको १ सय ७२ औँ स्थानमा छन् भने मिसा ५८ औँ स्थानमा छन् । यसअघि प्रिन्स भिक्टर एक्सेलसन र नहाट एन्ग्वेनसँग २–० ले पराजित भएका थिए । नेपालले पहिलो पटक ओलम्पिकमा ब्याडमिन्टनमा सहभागिता जनाएको हो ।

पेरिस २०२४ मा नेपालबाट ७ खेलाडी सहभागी भएकोमा ५ खेलाडीको खेल सकिसकेको छ । पौडीका एलेक्जेन्डर शाहले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्नुबाहेक पाँचै खेलाडी पहिलो चरणबाटै बाहिरिए ।

अब प्रिन्स बाहेक एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठको स्पर्धा बाँकी छ । सन्तोषीले अन्तिम दिन अगस्ट ११ मा महिला म्यारथनमा प्रतिस्पर्धा गर्नेछिन् ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया