पूर्व–पश्चिम राजमार्गको महोत्तरी बेलगाछी पुलमा बाढीले क्षति

 साउन १६, २०८१ बुधबार १५:१७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बाढीका कारण महोत्तरीको बर्दिबास नगरपालिका–५ माईस्थान जङ्गल क्षेत्रमा पर्ने बेलगाछी पुलमा क्षति पुगेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रु समस्यामा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बेलगाछी (ढुङ्ग्रे खोला) पुलसँग जोडिएको दक्षिणतिरको सडकको ५–६ फिट भाग भत्किएको छ । सडकमा क्षति पुगेपछि रातिदेखि नै यातायात ठप्प छ । क्षति भएको ठाउँमा मर्मतको काम भइरहेको प्रहरीले जनाएको छ ।

राजमार्गमा क्षति पुगेपछि माईस्थान चोकबाट डाइभर्सन गरिएको छ । माईस्थान चोकबाट गौशाला रोड हुँदै हुलाकी सडकमा निस्किएर कान्तिबजार, लक्ष्मीनियाँ हुँदै पुनः पूर्व–पश्चिम राजमार्गमा निस्किने गरी व्यवस्था मिलाइएको महोत्तरी प्रहरीले जनाएको छ ।

तस्बिर : सुनिलकुमार साहकाे फेसबुकबाट

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया