सामाजिक सुरक्षा भत्ताको लागि ६६ जिल्लामा माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

 साउन १७, २०८१ बिहीबार ९:५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले सामाजिक सुरक्षा भत्ता लिनको लागि ६६ वटा जिल्लामा माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । यसअघि साउन १ गतेदेखि नै अनिवार्य गर्ने निर्णय भएकोमा त्यसलाई संशोधन गर्दै माघ १ गतेदेखि लागू गर्न लागिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

विभागले निर्णय कार्यान्वयनका लागि ६६ जिल्लाका पालिकाहरुलाई  पत्राचार गरेको छ। यसअघि पहिलो चरणमा साउनदेखि अनिवार्य लागू गर्न खोजिएको २८ र दोस्रो चरणमा माघदेखि लागू गर्न खोजिएको ३८ गरी ६६ जिल्लाका पालिकाहरुलाई पत्राचार गरेर प्रक्रियाका बारेमा जानकारी गराइएको विभागले जनाएको छ ।

विभागकाअनुसार सामाजिक सुरक्षा कार्ड नवीकरणका लागि पुस मसान्तभित्र परिचयपत्रको बायोमेट्रिक रुजु गर्नुपर्छ । परिचयपत्र वा त्यसको नम्बर प्राप्त गरिसकेकाले सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्दा अनिवार्य रूपमा बायोमेट्रिक रुजु गर्नुपर्नेछ ।

परिचयपत्र वा त्यसको नम्बर नभएमा सम्बन्धित व्यक्तिले परिचयपत्रका लागि फोटो खिच्ने र बायोमेट्रिक दिने काम नै नगरेको वा नम्बर हराएको स्वघोषणा गर्नुपर्ने विभागले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया