‘सङ्घीय राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्ने हामीले अरू के क...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाभित्रका नदी तटीय क्षेत्रको थप २० मिटरमा भौतिक संरचना बनाउन नपाइने भएको छ । काठमाण्डौ महानगरका मेयर बालेन शाहले तटीय क्षेत्रको थप २० मिटरमा सरकारी वा निजी भवनलगायतका भौतिक संरचना निर्माण गर्ने अनुमति नमिल्ने बताउनुभएको छ ।
उहाँले नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोबार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गरिदिन सामाजिक सञ्जालमार्फत आग्रह गर्नुभएको छ । मेयर शाहले तटीय क्षेत्रलाई खाली राख्ने अभियानलाई थप प्रभावकारी बनाइने बताउनुभएको छ ।
काठमाण्डौ उपत्यकाभित्र बग्ने बाग्मती, विष्णुमती, मनोहरा नदी किनाराको कम्तीमा २० मिटर भित्रको जग्गालाई र अन्य खोला किनाराको कम्तीमा ४ देखि १२ मिटर भित्रको जग्गालाई सरकारले निर्माण निषेधित क्षेत्र घोषणा गरेको भन्दै उहाँले यो क्षेत्र खाली गराएरै छाड्ने बताउनुभएको छ ।
उहाँले सर्वोच्च अदालतले पनि थप २० मिटर जग्गालाई निर्माण निषेधित क्षेत्र घोषणा गरेको भन्दै तत्कालदेखि कार्यान्वयन गर्नुको विकल्प नरहेको उल्लेख गर्नुभएको छ । लगातारको वर्षाले काठमाण्डौका नदी तटीय क्षेत्र डुबानमा परेपछि मेयर शाहको यो प्रतिक्रिया आउको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।