गुल्मीमा अरिङ्गालले चिलेर एक जनाको ज्यान गयो

 साउन १८, २०८१ शुक्रबार १५:४६:० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

गुल्मी – गुल्मीमा अरिङ्गालको चिलेर एक जनाको ज्यान गएको छ । रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–२ का ३५ वर्षीय हरिबहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको हो ।

हिजो बेलुका घर नजिकै आफ्नो बारीको छेउमा रहेको सालको रुखमा अरिङ्गालको गोलो पोल्ने क्रममा कुँवरलाई अरिङ्गालले चिलेको हो । अरिङ्गालले चिलेर घाइते भएका कुँवरलाई उपचारका लागि पाल्पाको मिसन अस्पताल लगिएको थियो ।

उहाँको उपचारका क्रममा आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया