कक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते

 साउन १८, २०८१ शुक्रबार १७:५८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आज सार्वजनिक भएको कक्षा १२ को नतिजामा बढीमा दुई विषयमा नन्ग्रेडेड  विद्यार्थीका लागि आउँदो भदौ २५ र २६ गते पुरक परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णयसँगै पुरक परीक्षाको मिति पनि तय गरेको हो ।

नियमित परीक्षार्थीका रुपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य सबै विषयमा ‘डी’ वा त्यो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा नन्ग्रेडेड  वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीले पुरक परीक्षा दिन पाउँछन् ।

आज सार्वजनिक भएको नतिजाअनुसार कक्षा १२ मा दुई लाख तीन हजार आठ सय ४७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । नियमित तर्फका ५२ दशमलव ९१ प्रतिशत परिक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । त्यस्तै, एक लाख ८७ हजार विद्यार्थी नन्ग्रेडेड अर्थात अनुत्तीर्ण भएका छन् । यस वर्ष तीन लाख ९० हजार ८६८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया