भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ र मीननाथको दर्शन गर्न अहिले ललितपुरको जावलाखेलमा भक्तजनको घुइँचो लागेको छ ।
आज दिउँसोे रातो मच्छिन्द्रनाथको रथबाट भात चढाएर विशेष पूजा गरिन्छ । हरेक वर्ष भोटो जात्राको एक दिन अगाडि मलेकु गुथियारले मच्छिन्द्रनाथलाई भात चढाएर विशेष पूजा गर्ने चलन छ । पुल्चोकको पाटीमा आठ पाथी चामलको भात पकाएर मच्छिन्द्रनाथ र मीननाथलाई चढाएपछि रथबाट चारै दिशामा फर्केर छर्किने गरिन्छ ।
नेपाल भाषामा जा भनेको भात र व्हला भनेर छर्किने हो । त्यसरी भात छर्किने ठाउँ भएकोले जावलाखेलको नाम रहन गएको मान्यता छ । मच्छिन्द्रनाथको भोटो जात्रा भोलि हुँदैछ । अस्ति विहीबार रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्याएकोले भोलि भोटो जात्रा हुने तय भएको हो ।
रथ जावलाखेल पुर्याइएको चार दिनमा भोटो देखाइने परम्परा छ । भोटो जात्राको अवसरमा भोलि काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टंगल लगिनेछ ।
गएको वैशाख २९ गते पुल्चोकबाट रथ तानेर शुरु भएको यस वर्षको रातो मच्छिन्द्रनाथको रथजात्रा भोटो जात्रासँगै भोलि सकिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।