थापाथलीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको ज्यान गयो, श्रीमान घाइते

 साउन १९, २०८१ शनिबार १४:६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – काठमाण्डौको थापाथलीमा पानी ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको ज्यान गएको छ भने श्रीमान घाइते भएका छन् ।

माइतीघरबाट थापाथलीतर्फ गुडिरहेको मधेस प्रदेश  ०१ ००१ क २५१९ नम्बरको ट्याङ्करले समान दिशातर्फ गुडिरहेको बा २८ प ४८६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडिको सिटमा बसेकी ६२ वर्षकी सरस्वती तुलाधरको ज्यान गएको हो ।

मोटरसाइकल चालक ६९ वर्षका ध्रुबराज तुलाधरको नर्भिक अस्पतालमा उपचार भइरहेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने ट्याङ्कर चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया