विद्युत् प्राधिकरणकाे सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त

 साउन २०, २०८१ आइतबार १८:४८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले विद्युत् प्राधिकरणकाे सञ्चालक समितिमा ऊर्जा मन्त्रालयका पूर्वसचिव देवेन्द्र कार्की र विद्युत् विकास विभागका पूर्वमहानिर्देशक महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेकाे छ ।

सरकारलाई असहयोग गरेको भन्दै ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयले कपिल आचार्य र भक्तबहादुर पुनलाई पदबाट हटाउँदै कार्की र गुरुङलाई नियुक्त गरेकाे हाे । आचार्य र पुनले उद्याेगमा बिजुली जाेड्न असहमति जनाएपछि ऊर्जामन्त्री दीपक खड्काले अस्ति शुक्रवार नै दुवै जनालाई बर्खास्त गरेर देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गर्नुभएको पाइएको छ ।

झन्डै आठ अर्ब रुपैयाँ विद्युत् महसुल बुझाउन बाँकी रहेका ६ वटा उद्योगको बिजुली विद्युत् प्राधिकरणले काटिदिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले ती उद्योगमा तत्कालै बिजुलीको लाइन जोड्न निर्देशन दिएपछि साउनको ७ गते प्राधिकरणको सञ्चालक समितिको बैठक बसेको थियो । तर राज्यले पाउनुपर्ने अर्बाैँ रुपैयाँ महसुल नबुझाएका उद्योगको लाइन जोड्न नहुने भन्दै सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनले असहमति जनाउनुभएको थियो ।

अन्तिम अपडेट: भदौ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया