बैंकहरूको नाफा ६४ अर्ब १५ करोड रुपैयाँभन्दा बढी

 साउन २१, २०८१ सोमबार १२:२६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – गएको आर्थिक वर्ष २०८०/०८१ मा बैंकहरूले ६४ अर्ब १५ करोड रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकहरूको खुद नाफा ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँ रहेको छ ।

यो अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा १३ दशमलव ४० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकहरूले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

कृषि विकास बैंकले गएको आर्थिक वर्षमा ३ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको थियो । यस्तै नबिल बैंकले ७ अर्ब ६ करोड, ग्लोबल आईएमई बैंकले ६ अर्ब र मेगा बैंकले ५ अर्ब १९ लाख रुपैयाँ नाफा कमाएका छन् ।

सर्वाधिक नाफा बढाउन सफल बैंक भने प्रभु बैंक देखिएको छ । प्रभु बैंकले ४ अर्ब ४८ करोड नाफा कमाएको छ । यस्तै हिमालयन, लक्ष्मी सनराइज, प्राइम, कुमारी, एभरेस्ट र नेपाल एसबीआई बैंकले पनि नाफा बढाएका छन् ।

सानिमा, एनएमबी, एनआईसी एशिया, नेपाल बैंक, स्टान्डर्ड चार्टड, सिटिजन्स, ग्लोबल, सिद्धार्थ, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंकको नाफामा भने गिरावट आएको छ । यसमध्ये एनआईसी एशिया बैंकको खुद नाफा ६८ दशमलव ०१ प्रतिशत, सिटिजन्स बैंकको २८ प्रतिशत र नेपाल बैंकको खुद नाफा ५१ दशमलव ८० प्रतिशतले घटेको छ ।

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया