एक वर्षमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

 भदौ २, २०८१ आइतबार १४:१५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको आर्थिक वर्ष २०८०/८१ मा झन्डै साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को आर्थिक तथा वित्तीय स्थितिअनुसार रेमिट्यान्स साढे १६ प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा पनि रेमिट्यान्स साढे १४ प्रतिशतले बढेर १० अर्ब ८६ करोड डलर पुगेको छ ।

रेमिट्यान्स बढे पनि श्रमका लागि विदेश जाने नेपालीको सङ्ख्या भने सामान्य घटेको छ । गएको आर्थिक वर्षमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३७ हजार जनाले घटेर चार लाख ६० हजार एक सय जनामा झरेको छ ।

यस्तै पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या भने चार हजार जनाले बढेर दुई लाख ८१ हजार दुई जना पुगेको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया