साविक विजेता सीटी टोटनह्यामसँग पराजित, चेल्सी र आर्सनल विजयी
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – नेपालमा उपभोक्ता मूल्यवृद्धि घटिरहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । गएको असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि ३ दशमलव ५७ प्रतिशत रहेको छ । जबकि २०८० सालको असार महिनामा उपभोक्ता मूल्यवृद्धि ७ दशमलव ४४ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि ५ दशमलव ४४ प्रतिशत रहेको छ ।
अघिल्लो आर्थिक वर्षमा वार्षिक औसत मूल्यवृद्धि ७ दशमलव ७४ प्रतिशत रहेको थियो । तर अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको मूल्यवृद्धि २६ प्रतिशत, दाल तथा गेडागुडीको झन्डै १० प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुहरूको झन्डै ९ दशमलव ८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९ दशमलव ८५ प्रतिशत र तरकारीहरूको ८ दशमलव २९ प्रतिशत रहेको छ । घ्यू तथा तेल उप–समूहको मूल्य सूचकाङ्क झन्डै ११ प्रतिशतले घटेकोछ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरूकाे उप–समूहको मूल्यवृद्धि ११ दशमलव ३८ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १० दशमलव ९६ प्रतिशत, शिक्षाको ७ दशमलव ७३ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरूको ४ दशमलव ७५ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको मूल्यवृद्धि ४ दशमलव ५६ प्रतिशत रहेको छ ।
यस्तै गएको आर्थिक वर्ष २०८०/८१ मा गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि ४ दशमलव ६४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष याे समूहको यस्तो मुद्रास्फीति ८ दशमलव ६२ प्रतिशत रहेको थियो ।
क्षेत्रगत रूपमा आर्थिक वर्ष २०८०/८१ मा काठमाण्डाै उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ९९ प्रतिशत, तराईको ४ दशमलव ८२ प्रतिशत, पहाडको ५ दशमलव ७८ प्रतिशत र हिमालको ६ दशमलव ८६ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत थोक मूल्यवृद्धि ३ दशमलव ९२ प्रतिशत मात्रै रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मृल्यवृद्धि ८ दशमलव ४७ प्रतिशत रहेको थियो ।
यस्तै गएको आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क ५ दशमलव शून्य ९ प्रतिशतले वृद्धि भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।