कुकुर/बिरालाेका लागि दाना निर्यात गरेर नेपालले ३ अर्ब रुपैयाँभन्दा धेरै भित्र्यायाे

 भदौ ४, २०८१ मंगलबार १८:१६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको आर्थिक वर्ष २०८०/८१ मा नेपालले तीन अर्ब रुपैयाँभन्दा धेरैकाे कुकुर/बिरालोका लागि दाना निर्यात गरेको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गएको आर्थिक वर्षमा नेपालले तीन अर्ब १८ करोड रुपैयाँ बराबरको १६ लाख ४४ हजार किलाे कुकुर/बिरालाेका लागि दाना निर्यात भएकाे हाे । पहाडी र हिमाली क्षेत्रमा पालिने गाईको दूधबाट छुर्पीजस्तै दाना बनाएर विदेशमा कुकुर/बिरालोको खानाको रूपमा निर्यात हुँदै आएको छ ।

अमेरिका, बेलायत, क्यानडा, सिङ्गापुरलगायत देशमा इलाम र सोलुखुम्बुबाट निर्यात हुने छुर्पीलाई भन्सार विभागले ‘कुकुर बिरालोको खाना’ को रूपमा व्याख्या गरेको छ । नेपालको छुर्पी स्वादिष्ट हुने र त्यहाँका कुकुर बिरालोलाई समय कटाउन सजिलो हुने भएकाले माग बढिरहेको नेपाली व्यवसायी बताउँछन् ।

यस्तै गएको आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा फलाम र फलामबाट बनेका उत्पादन परेका छन् ।

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया