उद्याेगहरूलाई सस्ताेमा बिजुली उपलब्ध गराउन उद्याेग वाणिज्य महासङ्घकाे माग

 भदौ ७, २०८१ शुक्रबार १५:१०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घले उद्योगहरूलाई सस्तोमा बिजुली उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिजुलीलाई कच्चा पदार्थको रूपमा सस्तोमा उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको हो । उहाँले साना तथा मझौला उद्योग सञ्चालनका लागि सहयोग आवश्यक रहेकाले त्यसमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष ढकालले स्टार्ट अप परियोजनालाई कर्जा प्रवाह परियोजनाका रूपमा अघि बढाउने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइले पनि देशमा आर्थिक गतिविधिलाई अघि बढाउन महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कच्चा पदार्थ आयातमा अझै सहुलियतको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया