धनकुटा प्रहरीले १ हजार ८३ किलाे गाँजा नष्ट गर्‍याे

 भदौ १०, २०८१ सोमबार १५:१२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

धनकुटा – जिल्ला प्रहरी कार्यालय धनकुटाले एक हजार ८३ किलो गाँजा नष्ट गरेको छ । प्रहरीले गएको जेठयता विभिन्न समयमा बरामद गरेको गाँजा आज एकैसाथ धनकुटा नगरपालिका वडा नम्बर ९ मा रहेको तमोर नदीको किनारमा जलाएर नष्ट गरेको प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिनुभयो ।

धनकुटाको साँगुरीगढी र शहीदभूमि गाउँपालिकाका विभिन्न क्षेत्रमा गाँजा उत्पादन हुँदै आएको छ । त्यहाँ उत्पादित गाँजा साँगुरीगढी गाउँपालिका–६ भेडेटार हुदै तराईतिर लैजाने गरिएको पाइएको छ । ढुवानीकै क्रममा प्रहरीले गाँजा बरामद गर्दै आएको छ ।

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया