सोलुखुम्बुको थामेमा बाढी पीडितको उद्धारमा खटिएका १३ जना प्रहरी पुरस्कृत

 भदौ ११, २०८१ मंगलबार १५:२८:२८ | रासस
unn.prixa.net

फाइल फाेटाे

साेलुखुम्बु – सोलुखुम्बुको थामेका बाढी पीडितको उद्धारमा खटिएका १३ जना प्रहरी पुरस्कृत भएका छन् । गएको साउन ३२ गते खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेगाउँमा आएको बाढीमा फसेका नागरिकको उद्धार तथा अन्य कार्यमा सक्रिय प्रहरी निरीक्षकसहित १३ जनालाई आज जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुरस्कृत गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार पुरस्कृत हुनेमा प्रहरी निरीक्षक लक्ष्मण गिरी, प्रहरी वरिष्ठ हवल्दार दीपककुमार कटुवालसहित दुई प्रहरी सहायक निरीक्षक, तीन प्रहरी हवल्दार, दुई प्रहरी सहायक हवल्दार र चार जना प्रहरी जवान रहेका छन् ।

थामेमा हिमपहिरोपछि गेग्रान र ढुङ्गासहितको बाढीले एक विद्यालय, एक स्वास्थ्य चौकी, दुई होटल, १३ घर पूर्ण र १० वटा घरमा आंशिक क्षति भएको थियो । यस्तै एउटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । हिमताल फुटेको क्षेत्र थामे बजारबाट झन्डै नौ किलोमिटर टाढा पर्छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया