पेट्रोलियम पदार्थको मूल्य वृद्धिकाे विरोधमा फ्रान्समा हिंस्रक प्रदर्शन

 मंसिर ९, २०७५ आइतबार ९:३५:२० | एजेन्सी
unn.prixa.net

फ्रान्समा पेट्रोलियम पदार्थको मूल्य वृद्धिकाे विरोधमा भएको प्रदर्शन चर्किएको छ । पेट्रोलको भाउ घटाउन माग गर्दै भएको विरोध प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले बल प्रयोग गरेको छ । 

पेट्रोल र डिजेलको मूल्य बढाएपछि फ्रान्सेली नागरिकले राजधानी पेरिसमा एक हप्तादेखि प्रदर्शन गर्दै आएका छन् । शनिबार राति प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको थियो ।

प्रहरी र प्रदर्शनकारीको झडपमा केही व्यक्ति घाइते भएका बिबिसीले जनाएको छ । पहेँलो ज्याकेट लगाएर राष्ट्रपति इमानुयल म्याक्रोनको राजीनामा माग गर्दै प्रदर्शन चर्काएका उनीहरुले केही गाडीमा आगजनी गरेका छन् । 

फ्रान्समा पेट्रोलियमको मूल्य २३ प्रतिशतले बढेको छ । राष्ट्रपति म्याक्रोनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बढेकाले पेट्रोलियम पदार्थको मूल्य बढेको बताउँदै आएका छन् । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया