चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
सिरहा – सिरहा गोलबजारको धमिनी बचत तथा ऋण सहकारी संस्था सङ्कटग्रस्त अवस्थामा पुगेपछि बचतकर्ताको करोडौँ रुपैयाँ जोखिमा परेको छ । गोलबजार–६ का ७५ वर्षीय असर्फी महतोले आफ्नो ‘पेन्सन’ वापतको रकम एक दशकदेखि धमिनी बचत तथा ऋण सहकारी संस्था गोलबजारमा जम्मा गर्दै आउनुभएको छ ।
२५ लाख रुपैयाँ हाराहारी रकम सहकारीमा जम्मा भइसकेको छ, तर पछिल्लो एक वर्षदेखि पटक–पटक सहकारीमा धाउँदा पनि कर्मचारीले रित्तो हात फर्काइदिएको महतोको गुनासो छ । यस्तै, ५० लाख रुपैयाँ बचत जम्मा गर्ने रामबाबु ठाकुरको पनि यस्तै पीडा छ । ‘बचत माग्न जाँदा खुट्टा दुखिसक्यो तर धमिनी सहकारीले बचत फिर्ता दिनसकेको छैन’, ठाकुरले भन्नुभयो ।
सहकारीबाट रकम फिर्ता नपाउनेमा महतो र ठाकुर जस्तै हजारौँ बचतकर्ता छन् । दैनिक पाँच लाख रुपैयाँसम्म निक्षेप सङ्कलन हुने सहकारी अहिले बन्दजस्तै छ । सात हजार दुई सय जना बचतकर्ताहरुको १८ करोडभन्दा बढी बचत रकम जोखिममा परेको स्थानीयले जनाएका छन् ।
गोलबजार नगरपालिकाका उद्यमी, व्यापारी, किसान, मजदुर र पेसागत व्यक्तित्वले धमिनी सहकारीमा खाता खोलेका थिए । सहकारीले लगानी उठाउन नसक्दा गएको वर्षको सुरुआतबाटै सङ्कट व्यहोर्न थालेको हो ।
शुरुमा आर्थिक मन्दीका कारण नगद अभाव छ भनेर निक्षेपकर्तालाई फकाउन थालेपछि सहकारी डुब्न लागेको हल्ला फैलियो, त्यसपछि एकैपटक धेरै बचतकर्ता रकम फिर्ता लिन आउँदा समस्या भएको धमिनी बचत तथा ऋण सहकारीका अध्यक्ष देवनाथ साह स्वीकार गर्नुहुन्छ ।
अध्यक्ष साहले सावाँ व्याज गरेर २७ करोड रुपैयाँ उठाउन बाँकी रहेको र बचत फिर्ता गर्नुपर्ने रकम आठ करोड रुपैयाँ मात्र रहेकाले बचत निक्षेपकर्ताको रकम डुब्ने अवस्था नरहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।