‘सार्वजनिक स्थलमा राष्ट्रपति’ कार्यक्रम भक्तपुर दरबार क्षेत्रबाट शुरू

 भदौ १४, २०८१ शुक्रबार १५:२०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम शुरू गर्नुभएको छ । सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम तय भएसँगै आज राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुर दरबार स्क्वायर पुग्नुभएको हो ।

राष्ट्रपति पौडेलले हरेक महिनामा एक दिन सार्वजनिक स्थल जाने, आमनागरिकसँग संवाद गर्ने तथा स्थानीय बासिन्दाका गुनासा सुन्ने कार्यक्रम शुरू गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

उहाँले भक्तपुर दरबार स्क्वायर क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरको दर्शन, भैरवनाथ मन्दिर दर्शन र राष्ट्रिय कला सङ्ग्रहालयकाे निरीक्षण गर्नुभयाे ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया