प्रिमियर लिगमा लिभरपुलले युनाइटेडलाई तीन गोलले हरायो : चेल्सी र क्रिस्टल प्यालेसले बराबरी खेले

 भदौ १७, २०८१ सोमबार ७:४२:२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । घरेलु मैदानमा हिजो भएको खेलमा युनाइटेड लिभरपुलसँग तीन गोलले पराजित भएको हो । लिभरपुलको जितमा लुइस डियाजले दुई र मोहम्मद सलाहले एक गोल गरे । जितसँगै लिभरपुल नौ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । युनाइटेड तीन अङ्कका साथ १४ औँ स्थानमा छ ।

समान तीन खेलमा नौ अङ्क रहेको म्यानचेस्टर सिटी भने शीर्ष स्थानमा छ । हिजै भएको अर्को खेलमा टोटनहम न्युक्यासल युनाइटेडसँग पराजित भएको छ । न्युक्यासलले टोटेनहमलाई २–१ ले हराएको हो । न्युकासलको जितमा अलेक्जेन्डर इसाक र हार्वे बार्न्सले गोल गरे । टोटनहमले एक गोल उपहार पाएको हो । अर्को खेलमा चेल्सी र क्रिस्टल प्यालेसले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेकाका छन् ।

अन्तिम अपडेट: असोज २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया