रोनाल्डोको कीर्तिमानी ९ सयौं गोल, पोर्चुगलले क्रोएशियालाई हरायो

 भदौ २१, २०८१ शुक्रबार ८:५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ९ सयौं गोल गरेका छन् । नेशन्स लिगमा गएराति क्रोएशियासँगको खेलमा एक गोल गर्दै रोनाल्डो माथिल्लो स्तरमा ९ सय गोल गर्ने पहिलो खेलाडी बनेका हुन् ।

यो खेलमा पोर्चुगलले क्रोएशियालाई २–१ गोलले हरायो । पोर्चुगलका लागि अर्काे गोल डियोगो डलोटले गोल गरे । पोर्चुगलका लागि रोनाल्डोको यो १ सय ३१ औं गोल हो । गोल गरेपछि उनी भावुक बनेका थिए । रोनाल्डोले पोर्चुगलसहित स्पोर्टिङ लिब्सन, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्ट्स र अल नासरबाट खेल्दै ९ सयौं गोल पूरा गरेका हुन् ।

यो जीतसँगै पोर्चुगलले नेशन्स लिगको समूह ‘ए’ मा ३ अङ्क जोडेको छ । गएराति भएको यही समूहको अर्काे खेलमा पोल्यान्डले स्कटल्यान्डलाई ३–२ गोलले हराएको छ । यस्तै अन्य खेलमा सान मारिनो, नर्दन आयरल्यान्ड, स्लोभाकिया र डेनमार्क विजयी भएका छन् । सर्बिया र स्पेनले भने गोलरहित बराबरी खेलेका छन् ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया