प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष द्विवेदीबीच भेटवार्ता हुँदै
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – एन्फा महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा नेपाल पुलिस क्लबले र सुदूरपश्चिम प्रदेशलाई ९–० गोलले पराजित गरेको छ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसका निरु थापा र दिपा न्यौपानेले ह्याट्रिक गरे । पुजा राना मगर, अनुष्का शेर्पा र घिमकुमारी गुरुङले एक/एक गोल गरे ।
पहिलो चरणमा पुलिसले सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग गोलरहित बराबरी खेलेको थियो भने सुदूरपश्चिम बाग्मती युथ क्लबसँग पराजित भएको थियो । यस्तै ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आजै भएको पहिलो खेलमा सङ्कटा क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाले गोल रहित बराबरी खेलेका छन् ।
पहिलो चरणमा सङ्कटा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो भने चन्द्रपुरले कर्णाली प्रदेशसँग १–१ गोलको बराबरी खेलेको थियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भएको लिगमा १० वटा टोली सहभागी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।