‘गाठो बल्झाएर हैन निकास दिएर सेवाप्रवाह गर्नुस्’ : मुख्यमन्त्री आचार्य

 भदौ २२, २०८१ शनिबार १२:५६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारी कार्यालयबाट हुने सेवा प्रवाह कानुनी गाठो बल्झाएर नभइ निकास दिएर प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले कर्मचारीलाई छिटो, छरितो र सेवाग्राहीमुखी बनाउन निर्देशन समेत दिनुभएको छ ।

निजामती सेवा दिवसको अवसरमा अर्घाखाँचीको सन्धिखर्कमा भएको कार्यक्रममा मुख्यमन्त्री आचार्यले कर्मचारीहरुले हुने कामलाइ पनि कानूनका नाममा अनेक दुःख दिने परम्परालाइ अन्त्य गर्न आग्रह गर्नुभयो । अहिले कर्मचारीलाइ समाजले हेर्ने जुन दृष्टीकोण छ, त्यो दृष्टीकोणमा परिवर्तनका लागि कर्मचारीले गर्ने कामबाटै पुष्टि गर्नुपर्नेमा उहाँको जोड छ ।

उहाँले लुम्बिनी प्रदेश सरकारले छिट्टै विभिन्न तहमा एक हजार नौ सय कर्मचारीको  विज्ञापन खोल्ने बताउनुभयो । स्वीकृती दरवन्दीअनुसार लुम्बिनी प्रदेश सरकार मातहत रहेका कार्यालयमा ४ हजार ७८ जना कर्मचारीको दरवन्दी रहेकोमा अहिले २१ सय ७८ जना कर्मचारी मात्र कार्यरत रहेको र रिक्त रहेका १९ सय कर्मचारीको पदमा अब छिट्टै लोक सेवा आयोगमार्फत विज्ञापन खोलिने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया