निजामति सेवा ऐन चाँडै संसदबाट पारित हुन्छ, कर्मचारीको तलब बढाउन सकिँदैन : प्रधानमन्त्री ओली

 भदौ २२, २०८१ शनिबार १४:५९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले निजामति सेवा ऐन चाँडै संसदबाट पारित गर्ने प्रतिवद्धता जनाउनुभएको छ । २१ औं निजामति सेवा दिवसको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निजामति सेवा ऐनलाई परिष्कृत बनाउन धेरैभन्दा धेरै छलफल गरी चाँडै पास गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारलाई विधेयक पास गर्न कुनै असहजता नभएको भन्दै सबैको सहमतिका साथ विधेयक पारित गर्ने बताउनुभयो । उहाँले तत्काल कर्मचारीको तलव बढाउन सक्ने अवस्था नरहेको पनि बताउनुभयो ।

यस्तै कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारीले क्षमता विकासमार्फत प्रविधिमैत्री सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । यस्तै मुख्यसचिव एकनारायण अर्यालले निजामति सेवा प्रविधिमैत्री, सिर्जनशिल, सेवाग्राहीमैत्री र नतिजामुखी हुन आवश्यक रहेको बताउनुभएको छ ।

यसैबीच २१ औं निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जना निजामती कर्मचारीलाई पुरस्कृत गरेको छ । १० जनाले उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनाले  निजामती सेवा पुरस्कार प्राप्त गरेका हुन् । उत्कृष्टले निजामती पुरस्कार पाउने १० जनाले प्रतिव्यक्ति एक लाख र निजामती पुरस्कार पाउने ३० जनाले प्रतिव्यक्ति ५० हजार रुपैयाँ नगदसहित पुरस्कार पाएका छन् । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया