एन्फा महिला फुटबल लिगमा एपीएफले आर्मीलाई हरायो

 भदौ २२, २०८१ शनिबार १५:३७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एन्फा महिला लिग फुटबलअन्तर्गत आजको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपीएफले आर्मीलाई २–१ गोलले हराएको हो ।

एपीएफको लागि सविता रानामगर र गीता रानाले एक/एक गोल गरे । आर्मीकी बिमला चौधरीले एक गोल फर्काइन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको लिगमा तीन विभागीय टोली, 'ए', 'बी' र 'सी' डिभिजनका दुई क्लब, दुई नगरपालिका र तीन वटा प्रदेश गरी १० टोली सहभागि छन् । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया