फ्रान्समा दक्षिणपन्थी नेता मिशेल बार्नियर प्रधानमन्त्री नियुक्त भएसँगै प्रदर्शन चर्कियो

 भदौ २३, २०८१ आइतबार ६:४३:२५ | एजेन्सी
unn.prixa.net

एजेन्सी

फ्रान्समा दक्षिणपन्थी नेता मिशेल बार्नियर प्रधानमन्त्री नियुक्त भएसँगै प्रदर्शन चर्किएको छ । हिजो फ्रान्सको राजधानी पेरिस, नाइस र लेमन लगायत देशका विभिन्न शहरमा बार्नियरको नियुक्तिविरुद्ध हजारौँ नागरिकले प्रदर्शन गरेका बीबीसीले जनाएको छ ।

आन्तरिक मन्त्रालयले हिजो देशभर एक लाख १० हजार जनाले विरोध प्रदर्शन गरेको बताएको छ तर एकजना विरोधी नेताले भने कम्तिमा तीन लाख जनाले प्रदर्शनमा भाग लिएको दाबी गरेका छन् । आज पनि देशका एक सय वटा ठाउँमा प्रदर्शनको तयारी भएको खबरमा उल्लेख छ । प्रदर्शनको मुख्य आयोजक फ्रान्सेली ट्रेड युनियन र वामपन्थी दलहरू बनेका छन् ।

राष्ट्रपति इमानुएल म्याक्रोनले वाम दलका उम्मेदवारलाई प्रधानमन्त्रीमा समर्थन नगरेपछि उहाँविरुद्ध पनि प्रदर्शन भइरहेका छन् । प्रदर्शन चर्किएपछि प्रधानमन्त्री मिशेल बार्नियरले सरकार गठन गर्न आफू वामपन्थीसहित अन्य दलसँग कुरा गर्न इच्छुक रहेको बताउनुभएको छ । फ्रान्समा भएको चुनावमा बामपन्थी दलले सबैभन्दा धेरै सिट जितेको छ । तर दक्षिणपन्थी नेता बार्नियर प्रधानमन्त्री बनेकोमा धेरैजना आक्रोसित देखिएका छन् । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया