एन्फा महिला फुटबल लिगमा आजदेखि तेस्रो चरणका खेल

 भदौ २३, २०८१ आइतबार ९:२१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एन्फा महिला फुटबल लिगमा आजदेखि तेस्रो चरणका खेल हुँदैछन् । आज दुई वटा खेल हुँदैछन् । दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कोशी प्रदेश र कर्णाली प्रदेशले खेल्दैछन् ।

यो खेल एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछ । कोशी यसअघिका दुवै खेल जित्दै छ अङ्कका साथ शीर्ष स्थानमा छ । कर्णाली एक अङ्कसहित आठौँ स्थानमा छ ।

यस्तै सातदोबाटोमै दिउँसो सवा चार बजे हुने खेलमा बागमती युथ क्लब र नेपाल पुलिस क्लबले खेल्नेछन् । पुलिस क्लब चार अङ्कसहित दोस्रो स्थानमा र बागमती युथ क्लब तीन अङ्कसहित चौथो स्थानमा छ । एन्फा महिला फुटबल लिगमा १० वटा टोली सहभागि छन् । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया