इङ्गल्यान्डका अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए

 भदौ २३, २०८१ आइतबार १५:१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे, एजेन्सी

काठमाण्डाै – इङ्गल्यान्डका अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटको सबै फर्म्याटबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

बेलायती अखबार 'डेली मेल' सँगको कुराकानीमा ३७ वर्षीय अलराउन्डर मोइन अलीले आफू अस्ट्रेलियासँगको आउँदो शृङ्खलाका लागि टोलीमा नपरेको र अब नयाँ पुस्ताको समय भएको बताएका क्रिकेटसम्बन्धी जानकारी दिने बेवसाइट क्रिकइन्फोले जनाएको छ ।

सन् २०१४ मा अन्तर्राष्ट्रिय डेब्यु गरेको मोइनले इङ्गल्यान्डका लागि ६८ टेस्ट, १ सय ३८ एकदिवसीय र ९२ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले अन्तर्राष्ट्रिय सबै फम्र्याटमा ६ हजार ६ सय ७८ रन, आठ शतक, २८ अर्धशतक र ३ सय ६६ विकेट लिएका छन् ।

मोइन अलीले पछिल्लो पटक यही वर्षको जुनमा टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा इङ्गल्यान्डबाट खेलेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए पनि फ्रेन्चाइज क्रिकेट खेल्ने र पछि गएर प्रशिक्षकको रूपमा भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

इङ्गल्यान्डले सन् २०१९ मा एकदिवसीय विश्वकप र २०२२ मा टी–२० विश्वकप जित्दा मोइन अली टोलीको सदस्य थिए ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया