प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष द्विवेदीबीच भेटवार्ता हुँदै
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशले लगातार तेस्रो जीत हात पारेको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा कोशीले कर्णाली प्रदेशलाई ४–० गोलले हरायो । कोशीका लागि पूर्णिमा राईले दुई गोल गरिन् भने समीक्षा मगर र प्रतीक्षा राईले समान एक गोल गरिन् ।
यो जीतसँगै कोशी ३ खेलमा ९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । कर्णाली भने ३ खेलमा १ अङ्कसहित नवौं स्थानमा छ ।
प्रतियोगितामा आजै दिउँसो सवा ४ बजे बाग्मती युथ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् ।
एन्फा महिला लिग फुटबलमा आजदेखि तेस्रो चरणका खेल शुरू भएको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।