कांग्रेसले पलेशालाई ५ लाख रुपैयाँसहित सम्मान गर्‍याे

 भदौ २३, २०८१ आइतबार १८:११:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पेरिस पारा ओलम्पिकमा ऐतिहासिक पदक विजेता पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगीलाई नेपाली कांग्रेसले नगदसहित सम्मान गरेको छ ।

केन्द्रीय कार्यालय सानेपामा आज एक कार्यक्रमकाबीच कांग्रेसले पलेशालाई पाँच लाख र प्रशिक्षक नेगीलाई एक लाख ५० हजार रुपैयाँसहित कांग्रेस सभापति शेरबहादुर देउवाले सम्मान गर्नुभएको हो ।

यस्तै कांग्रेसले पेरिस पारा ओलम्पिकमा सहभागी खेलाडी भरतसिंह महतालाई ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । सम्मान कार्यक्रममा सभापति देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रूपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताउनुभयो ।

पलेशाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै कांस्य पदक जितेकी थिइन् । ओलम्पिकमा नेपालको यो पहिलो पदक हो ।

अन्तिम अपडेट: असोज २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया