आर्मीले सुदूरपश्चिमलाई १४–१ गाेलले हरायाे

 भदौ २५, २०८१ मंगलबार १८:२२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई फराकिलो अन्तरले हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई १४–१ को अन्तरले हरायो । आर्मीका लागि दीपा शाहीले ५ गोल गरिन् । यस्तै अनिता लम्जेलले २ तथा बिमला चौधरी, हिमा चौधरी, चन्द्रा भण्डारी, सन्जु कुमाल, बिमला विक र सावित्रीदेवी भण्डारीले समान १ गोल गरे । आर्मीले १ गोल आत्मघाती पायो । यस्तै सुदूरपश्चिमले पनि १ गोल आत्मघाती पायो ।

यो जीतसँगै आर्मी ३ खेलमा ६ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । सुदूरपश्चिम भने ३ वटै खेल हार्दै तालिकाको पुछारमा छ ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया