पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डौ – एन्फा महिला लिगको खेलतालिका परिवर्तन भएको छ । अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले हिजो विज्ञप्ती निकालेर एन्फा कम्प्लेक्समा भइरहेको खेलको समय परिवर्तन भएको जानकारी गराएको हो । यसअघि खेल तालिकामा दिउँसो सवा ४ बजे शुरु हने भनिएका खेल दिउँसो साढे ३ बजे शुरु हुने भएको छ ।
एन्फाले प्राविधिक कारणले गर्दा केही खेलको समय परिवर्तन गरिएको जनाएको छ । दुई खेल भएको दिन पहिलो खेल यसअघि जस्तै दिउँसो साढे १२ बजे र दोस्रो खेल दिउँसो साढे ३ बजे शुरु हुने बताइएको छ । एक खेल मात्र भएको दिन दिउँसो १ बजे वा ३ बजे शुरु हुने गरेको छ ।
एन्फाका अनुसार आज देखि लागू हुने गरि केही खेलका समय परिवर्तन गरिएको छ । १० टोली सहभागी लिगमा हिजो तेस्रो राउन्डका खेल सकिदा कोशी प्रदेश अपराजित रुपमा ९ सहित अङ्क तालिकाको शीर्ष स्थानमा छ । सुदूरपश्चिम प्रदेश अङ्क बिहिन लिगको पुछारमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।