भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन

 भदौ २७, २०८१ बिहीबार १७:२९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधन भएको छ । केही समयदेखि बिरामी रहेका ७२ वर्षीय येचुरीको नयाँ दिल्लीको एम्स अस्पतालाम उपचारको क्रममा निधन भएको बीबीसी हिन्दीले जनाएको छ । उहाँलाई श्वासप्रश्वासको गम्भीर समस्या थियो ।

सीताराम येचुरी भारतीय कम्युनिष्ट राजनीतिमा ठूलो नाम थियो । उहाँ ३२ वर्षसम्म भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका पोलिटब्यूरोका सदस्य हुनुहुन्थ्यो । यस्तै सन् २०१५ देखि महासचिव हुनुहुन्थ्यो । यस्तै सन् २००५ देखि २०१७ सम्म राज्यसभा सदस्य हुनुहुन्थ्यो । येचुरीको निधनप्रति भारतीय नेताहरुले दुःख व्यक्त गरेका छन् ।

कांग्रेस आईका नेता राहुल गान्धीले येचुरीसँगको तस्बिर सामाजिक सञ्जालमा राखेर देश बुझेको एउटा असल मित्र गुमाएको बताउनुभएको छ । पश्चिम बङ्गालकी मुख्यमन्त्री तथा तृणमुल कांग्रेसकी प्रमुख ममता बनर्जीले येचुरीको निधनको खबर सुनेर दुःख लागेको भन्दै उहाँको विदाइ राष्ट्रिय राजनीतिको लागि एउटा क्षति भएको बताउनुभएको छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया