दीपिका र रणवीरको रिसेप्सनका लागि कट्रिनालाई विशेष निमन्त्रणा

 मंसिर १०, २०७५ सोमबार १३:३४:३५ | एजेन्सी
unn.prixa.net

बलिउड फिल्म उद्योगमा अभिनेता रणबिर कपूरका कारण दीपिका पादुकोण र कट्रिना कैफ एक अर्काको शत्रुजस्तै बनेका थिए ।

तर अहिले सार्वजनिक खबरहरुका अनुसार दीपिका र कट्रिनाबीचको शत्रुता मित्रतामा बदलिइसकेको छ । रणबिर कपूरसँगको ब्रेकअप छि रणवीर सिंहका साथ विवाह गरेकी दीपिकाले उनको विवाहको पार्टीमा कट्रिना कैफलाई निम्तो पठाएकी छिन् । 

डिसेम्बर १ मा रणवीर र दीपिकाले बलिउड कलाकारहरुको लागि मुम्बईमा भव्य रिसेप्सनको आयोजना गर्दैछन । रिसेप्सनमा बलिउडका कैयौँ कलाकारहरु सहभागी हुनेछन् । यसै रिसेप्सनका लागि कट्रिनालाई पनि बोलाइएको छ । 

कट्रिना केफले यस पार्टीमा सहभागी हुने वा नहुने बिषयमा भने कुनै प्रतिक्रिया दिएकी छैनन् । उनी अहिले यस विषयमा अभिनेता सलमान खानसँग छलफल गरिरहेकी छिन् ।  र यदि सबैकुरा सही भयो भने कट्रिना सलमान खान र अली अब्बास जफरका साथ रिसेप्सनमा सहभागी हुन सक्छिन् । कट्रिनालाई दीपिकाले मात्रै नभई रणवीर सिंहले समेत व्यक्तिगत रुपमा म्यासेज गरेर पार्टीका लागि निमन्त्रणा दिएका छन् । 

यही नोभेम्बर १४ र १५ मा रणवीर सिंह र दीपिका पादुकोणको विवाहपछि यो जोडीले विवाहका तस्बिरहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको थियो । त्यस बेला अभिनेत्री कट्रिना कैफले यो नवविवाहित दीपवीरलाई विवाहको शुभकामना दिएकी थिइन् । विवाहको तस्बिरसँगै कमेन्टमा कट्रिनाको शुभकामनाले धेरैको ध्यान खिचेको थियो । किनकी कट्रिना र दीपिकाबीचको शीतयुद्ध बलिउड उद्योगमा  सर्वविदितै छ ।

कट्रिनाले दीपिकाले सार्वजनिक गरेका विवाहको तस्बिरमा मात्रै नभई रणवीर सिंहले सार्वजनिक गरेका तस्बिरमा समेत विवाहको बधाई तथा शुभकामना दिएकी थिइन् । 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया