सङ्घीय संसद्काे चालू अधिवेशन अन्त्य

 भदौ ३१, २०८१ सोमबार १५:५२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सङ्घीय संसद्काे दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य भएको छ । दुवै सदनकाे चालू चौथो अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य हुने भएको हो । 

आजको बैठकमा सभामुख देवराज घिमिरेले राति १२ बजेदेखि चालू चौथो अधिवेशन अन्त्य हुने जानकारी दिनुभयो । सरकारले चालू अधिवेशन अन्त्यका लागि हिजो राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेको पत्र सङ्घीय संसद्लाई पठाउनुभएको थियो । 

राष्ट्रपतिले पठाएको पत्र पढ्दै सभामुख घिमिरेले अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको हो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया