मुम्बई आक्रमणका बारेमा जानकारी दिने व्यक्तिलाई अमेरिकाले दिनेभयो ५० करोड इनाम

 मंसिर १०, २०७५ सोमबार १४:२५:३७ | एजेन्सी
unn.prixa.net

अमेरिकाले सन् २००८ मा मुम्बईमा भएको आक्रमणमा सहभागी आतंककारी तथा योजनाकारको बारेमा सूचना दिनेलाई पुरस्कार दिने घोषणा गरेको छ । 

अमेरिकी सरकारले आक्रमणका बारेमा सूचना दिने व्यक्तिलाई ५० लाख डलर(झण्डै ५० करोड नेपाली रुपैयाँ) प्रदान गर्ने घोषणा गरेको छ । लश्कर–ए–तैयबासँग जोडिएका पाकिस्तानका १० जना आतंकारीको समूहले सन् २००८को नोभेम्बर ११ मा गरेको आक्रमणमा ६ अमेरिकी नागरिकसहित १६६ जनाको ज्यान गएको थियो । जुन घटनालाई (२६/११) घटनाका नामले पनि चिनिन्छ ।

द टाइम्स अफ् इन्डियाका अनुसार अमेरिकी विदेश मन्त्रालयले मुम्बई आक्रमणमा संलग्न आंतककारीका बारेमा सूचना दिनका लागि इमेल र फोन नम्बर सार्वजनिक गरेको छ ।

त्यस्तै आक्रमणकारीका बारेमा नजिकको अमेरिकी दूतावासमा गएर क्षेत्रीय सुरक्षा अधिकृतलाई भेटेर  जानकारी दिन सकिन्छ ।

अमेरिकाले रिवार्ड्स फर जस्टिस अन्तर्गत यो पुरस्कारको घोषणा गरेको हो । अमेरिकाले यो कदम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अमेरिकी उपराष्ट्रपति माइक पेन्सबीच सिंगापुरमा भएको भेटघाटपछि उठाएको हो । 

भारत  लश्कर–ए–तैयबाका संस्थापक हाफिज सइदलाई मुम्बई आक्रमणका मुख्य योजनाकार भएको बताइन्छ । भारतीय सुरक्षा एजेन्सीले पाकिस्तानलाई यसको बारेमा प्रमाण दिइसकेको पनि छ । तर पाकिस्तानले भने कुनै कदम नचालेको आरोप भारतीय पक्षले लगाउँदै आएको छ ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया