दुई महिनामा १ खर्ब ६६ अर्ब राजस्व सङ्कलन, १ खर्ब ३७ अर्ब रुपैयाँ बजेट खर्च

 असोज १, २०८१ मंगलबार १४:५४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा लक्ष्यको ११ दशमलव ७२ प्रतिशत राजस्व सङ्कलन भएको छ । चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएको छ ।

साउन र भदौमा गरेर एक खर्ब ६६ अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यसतर्फ २१ अर्ब ११ करोड रुपैयाँ गैरकर र तीन अर्ब १३ करोड रुपैयाँ अन्य प्राप्ति रहेको छ ।

यो आर्थिक वर्षमा सरकारले ५२ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने अनुमान गरेकोमा दुई महिनासम्म वैदेशिक अनुदान प्राप्त भएको छैन ।

यस्तै दुई महिनामा ७ दशमलव ३९ प्रतिशत बजेट खर्च भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा साउन र भदौमा एक खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यसमध्ये चालूतर्फ ८२ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ अर्थात् ७ दशमलव ३९ प्रतिशत खर्च भएको छ । यस्तै पूँजीगततर्फ १४ अर्ब ८९ करोड ४० लाख रुपैयाँ अर्थात् लक्ष्यको ४ दशमलव २३ प्रतिशत खर्च भएको छ ।

यस्तै वित्तीय व्यवस्था अर्थात् ऋण तिर्न र शेयर लगानीका लागि तीन खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन भएकोमा दुई महिनामा ३९ अर्ब ६७ करोड २२ लाख रुपैयाँ खर्च भएको छ । सरकारी खर्चमध्ये सबैभन्दा धेरै १० दशमलव ८ प्रतिशत वित्तीय व्यवस्थातर्फ रहेको छ ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया