इलामकाे उपचुनावले पाठ सिकायाे : रवि लामिछाने

 असोज १, २०८१ मंगलबार १८:६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इलामको उपचुनावले पाठ सिकाएको बताउनुभएको छ ।

काठमाण्डाैमा आजदेखि शुरू भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले इलामको नतिजाले घण्टी बजाउँदैमा जितिँदैन भनेर सिकाएको बताउनुभयो । उहाँले इलाममा हार्नुको कारण रणनीति नबनाएर चुनावी दौडमा मात्रै लागेको, सङ्गठन बलियाे बनाउन नसक्नु र एकअर्काको अस्तित्वलाई विचार गर्न नसक्नु रहेको बताउनुभयो ।

भेलामा सभापति लामिछानेसहित अन्य नेताहरूले सहकारी प्रकरणमा लामिछानेले सफाइ अर्थात् 'क्लिन चिट' पाएको दाबी गरेका छन् ।

भेलाले प्रथम महाधिवेशनको मितिसमेत तय गर्ने रास्वपाले जनाएको छ । भेलामा सहभागी हुन देशभरबाट एक हजार पाँच सय जनाभन्दा धेरै प्रतिनिधि काठमाण्डाै आएका पार्टीले जनाएको छ । भोलिसम्म चल्ने भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, विधान संशोधनलगायतका विषयमा छलफल हुनेछ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया