बुद्ध एअरले भारतको वाराणसीमा उडान थप्यो

 असोज २, २०८१ बुधबार १८:३९:२१ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एअरले भारतको वाराणसीका लागि तेस्रो उडान थपेको छ । वाराणासीमा यसअघि हप्ताको दुई दिन सोमवार र बुधवार उडान भर्दै आएको कम्पनीले अब शुक्रवार पनि उडान गर्ने जनाएको छ ।

बुद्ध एअरको भगिनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि रहेको जनाएको छ । यात्रुलाई भारतको गयामा गई सोह्रश्राद्ध गर्न थप सहयोग पुग्नेछ । 

काठमाण्डौबाट वाराणसी ५० मिनेटको उडानमा पुग्न सकिन्छ । वाराणसीका लागि शुरु आती एकतर्फी भाडा ११ हजार तीन सय ६० रुपैयाँ रहेको छ । काठमाण्डौबाट बिहान सवा ७ बजे तथा वाराणसीबाट साढे ८ बजे उडान समय तोकिएको छ ।

बुद्ध एअरसँग अहिले एटीआर–४२ दुई र एटीआर–७२ १६ गरी १८ वटा विमान छन् ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया