रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिले धारणा राख्न नपाउने

 असोज २, २०८१ बुधबार १५:१३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रतिनिधिहरूले धारणा राख्न नपाउने भएका छन् ।

भेलाको कार्यतालिकाअनुसार सभापति लामिछानले दिउँसो साढे ४ बजे राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ । त्यसलगत्तै प्रतिवेदन अनुमोदन गरेर केही अभियान तथा महाधिवेशनको मिति र ठाउँ घोषणासहित भेला सक्ने कार्यतालिका छ । राजनीतिक विषयवस्तुमा यसअघि नै छलफल भइसकेकाले प्रतिवेदनमाथि बोल्ने कार्यसूची नराखिएको कार्यवाहक प्रवक्ता मनिष झाले बताउनुभयो ।

भेलामा हिजो पेश भएका साङ्गठनिक प्रस्ताव, सात वटा प्रदेशका प्रतिवेदन, आर्थिक प्रतिवेदन र अनुशासन आयोग प्रतिवेदनमाथि भने बिहान सामूहिक छलफल भइसकेको छ ।

केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला काठमाण्डाैकाे कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा हिजो शुरू भएको हो । भेलामा केन्द्रीय समिति, निकाय, विभाग, प्रदेशका पार्टी संरचना, जिल्ला र पालिकास्तरीय समितिबाट झन्डै १५ सय जना प्रतिनिधि छन् ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया