रविले त्यस्तो गर्छन् भन्ने मैले पत्याएकै थिइनँ : देउवा

 असोज २, २०८१ बुधबार १८:२९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको आज शुभारम्भ गर्दै सभापति देउवाले पार्टीले संसद्मा रास्वपा सभापतिबारे उठाएका प्रश्नहरू अहिले प्रमाणित भएको दाबी गर्नुभयो । उहाँले संसदीय छानबिन विशेष समिति गठन गर्दाताका रास्वपा सभापति लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भए पनि अहिले प्रमाणित भएको भन्दै पार्टीका महामन्त्री गगनकुमार थापालाई त्याे विषय उठान गरी समिति बनाउन दबाब दिन लगाएकोमा धन्यवाद दिनुभयो । उहाँले रवि लामिछाने चलाख मान्छे भएको भन्दै पार्टी महामन्त्री थापाले उठाएका आवाजहरू सही भएको उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘सहकारीसम्बन्धी कुरामा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भनेर । रवि लामिछानेजी त चलाख मान्छे हुनु हुँदाेरहेछ । म त छक्कै परेँ कुरा सुनेर । गगनजीले जित्दिनुभयो, त्यस कारण धन्यवाद तपाईंलाई ।’

सभापति देउवाले पार्टीको सङ्गठन विस्तारमा ध्यान दिन र आन्तरिक झगडालाई मिलाउनेतिर लाग्न पनि निर्देशन दिनुभयो ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया