पालिका उपचुनावकाे कार्यतालिका सार्वजनिक : असाेज १० देखि १६ गतेसम्म दल दर्ता

 असोज २, २०८१ बुधबार १८:३७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदो मङ्सिर १६ गते हुने पालिका उपचुनावका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिकाअनुसार यही असोजको १० गतेदेखि १६ गतेसम्म राजनीतिक दल दर्ताको समय छुट्याइएको छ । यस्तै कात्तिकको २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मङ्सिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका छ ।

मङ्सिर १६ गते बिहान ७ बजेदेखि मतदान हुनेछ । निर्वाचन आयोगका अनुसार जिल्ला समन्वय समिति प्रमुख दुई, मेयर र उपमेयर एक/एक, अध्यक्ष दुई, उपाध्यक्ष तीन र वडाध्यक्षमा ३० वटा पद खाली छन् ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया