उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाडौँ – जलवायु परिवर्तनको प्रभाव कम गर्ने उद्देश्यले पाँच हजार बिरुवा रोप्ने अभियान शुरु भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यो अभियानअन्तर्गत विभिन्न सङ्घसंस्था एवं व्यक्तिले वृक्षरोपण गर्न सक्नेछन् ।
सिभिल बैंकको आठौँ वार्षिकोत्सवका अवसरमा साेमबार कोषसँगको सहकार्यमा वनकाली क्षेत्रमा ३०० बिरुवा रोपियो । कपुर, पीपल, तेजपत्ता, कल्की, रुद्राक्षलगायत बिरुवा रोपिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।
कोषले यो अभियानअन्तर्गत यसअघि नै २०० बिरुवा रोपिएको जनाएको छ । एक वर्षमा पाँच हजार वृक्षरोपण सम्पन्न गर्ने कोषको लक्ष्य छ । कार्यक्रममा कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक एवं रमणीय बनाउन पाँच हजार वृक्षरोपण अभियान शुरु गरिएको बताउनुभयो । पशुपति क्षेत्रमा आउने धार्मिक पर्यटक घुमाई अवधि लम्ब्याउन यहाँको वातावरणमा सुधार गर्न लागिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बैंकका अध्यक्ष एवं पूर्वसांसद इच्छाराज तामाङले सामाजिक उत्तरदायित्वको कामअन्तर्गत पशुपति क्षेत्रमा बिरुवा रोपिएको बताउनुभयो । पशुपति क्षेत्रका वनकाली, भण्डारखाल, कैलाशडाँडा, मृगस्थली, किरातेश्वरलगायतका खाली स्थानमा बिरुवा रोपिने जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।